प्रवर्दन स्वरूप

प्रवर्दन स्वरूप
प्रवर्दन स्वरूप

Thursday, February 1, 2018

शहिदहरुको सम्झना गरी शहीद दिवस मनाइयाे ।

प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागी आफ्ना जीवनको आहुति दिने शहिदहरुको सम्झनामा झापाको दमकमा शहीद स्मृति कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।
२०७४ माघ १६ गते शहीद सप्ताहको अन्तिम दिन हिमालय सामुदायिक क्लबको आयोजनामा शहीदहरुको योगदान माथी चर्चा गर्दै दीप प्रज्जवलन गरी शहीद दिवस मनाइएको हो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्र.ना.उ. दीपक गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रको अध्यक्षता क्लबका अध्यक्ष जगत बन्धु दाहालले गर्नुभएको थियो । हिमालय मा.वि.का वि.व्य.स. अध्यक्ष तिर्थराज शंकर बस्नेत तथा हिमालय मा.वि.का प्रधानाध्यापक विष्णुकान्त झाले अतिथीका रुपमा वक्तव्य राख्नुभएको सो कार्यक्रममा स्थानियको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमका वक्ताहरुले शहीदहरुले देखाएको बाटोलाई बिर्सन नहुने तथा शहीदहरुको योगदान प्रतिको हाम्रो कर्तव्य सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
क्लवका सचिव दिपक रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन दमक नगर बाल सञ्जालका अध्यक्ष प्रजेश खनालले गर्नुभएको थियो ।





No comments:

Post a Comment